अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

इनेप्लिज २०७२ जेठ ३२ गते १२:२९ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ l

र उक्त सम्मान तथा नया कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भुकम्प पिडितहरुका लागि उक्त संस्थाको पहलमा विभिन्न संघ /संस्था तथा व्यक्तिहरुद्वारा उठाइएको अर्थ संकलन ७२ हजार ७ सय ७६ डलर मध्ये बाकि रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको छ l

उक्त चेक दुताबासका मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेलाई संस्थाका अध्यक्ष सागर कंडेल तथा संस्थापक सदस्य मधु पन्थीले सयुक्त रुपमा मनासस क्षेत्रका लागि डेलिगेट बब मार्सलको उपस्थितिमा चेक प्रदान गरियो l

प्रतिक्रिया