मदन आश्रित स्मृति स्वास्थ्य केन्द्र तथा वाचनालयको शिलान्यास

इनेप्लिज २०७२ जेठ ३१ गते ११:४० मा प्रकाशित

2
रत्ननगर जेठ ३१
पूर्वी चितवनको पदमपुरमा मदन आश्रित स्मृति स्वास्थ्य केन्द्र तथा वाचनालयको आज शिलान्यास गरिएको छ । वाचनालयको भवन निर्माणको लागि एक कार्यक्रमका बीच नेकपा एमाले चितवनका अध्यक्ष जे. एन् थपलियाले शिलान्यास गर्नुभएको थियो । ६ लाख रुपैयामा खरीद गरिएको सो एक कट्ठा जग्गामा बन्न लागेको ४ कोठे भवन निर्माणका लागि संविधानसभाका सभासद काशीनाथ अधिकारीले दुई लाख रुपैया सहयोग गर्नुभएको छ ।

4शिलान्यास कार्यक्रममा बोल्दै एमाले चितवनका अध्यक्ष थपलियाले भुकम्पपिडीत जनताको लागि पुनर्बासको व्यवस्था गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समयमै संबिधान निर्माणमा सबै दलहरु एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो । मदन आश्रित स्मृति स्वास्थ्य केन्द्र तथा वाचनालयका अध्यक्ष भीष्मप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शीला बस्नेतले बोल्नुभएको थियो ।

8

सो भवन निर्माणपश्चात वाचनालयका साथै हाल सञ्चालनमा रहेको मदन आश्रित स्मृति एम्बुलेन्स समेत सोही केन्द्रबाट सञ्चालन गरिने नेकपा एमाले क्षेत्रीय सचिवालय सदस्य टिका रिजालले जानकारी दिनुभयो । सो भवन निर्माण सम्पन्न गर्न करिब २० लाख रुपैया लाग्ने बताइएको छ ।

 

6

प्रतिक्रिया