एनआरएन युएसएको बाल्टिमोर बैठक सम्पन्न

इनेप्लिज २०७२ जेठ ३१ गते ११:०१ मा प्रकाशित

DSC04548

पदको हानथापले एक पक्षले बहिस्कार गर्दा गर्दै पनी एनआरएन युएसएको पहिलो बैठक बाल्टिमोरमा भब्यताका साथ सम्पन्न भएको छ l

अमेरिकाको लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर भब्य समारोह उद्घाटन गरेका थिए l राजदुत डा. कार्कीले भने अमेरिकामा एनआरएन संग सहकार्य गरेर निकै नै राम्रा राम्रा कामहरु गर्ने उद्देस्य लिएर म अमेरिका आएको थिए तर तपाईहरुको यो बिबाद देखेर म त एकदमै चिन्तित र दुखी छु भने l

समारोहका बिशेष अतिथी पेन्सिभानिया र म्यारिल्याण्डका लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतले नयाँ अध्यक्ष डा.पौडेलको नाम लिंदै भने अमेरिकाको एनआरएनको अध्यक्षमा तपाई चुनिंदा बित्तिकै सपथ ग्रहण पनी नलिई नेपाल पुगी भुकम्प पिडितका लागि राहत बितरण गर्न तपाई नेपाल दगुर्न पर्यो l नेपालबाट अमेरिका फर्कंदा बित्तिकै फेरी तपाई आगोको भुङ्ग्रोमा पर्नु भएको छ , महाबाणिज्यदुत महतले भने l

DSC04282

अध्यक्ष डा. केशब पौडेलले आफ्नो मन्तब्यमा बिपक्षी समुहलाई खासै केही उल्लेख गरेनन र आफु सहित ३ तिन जनाको वार्ता टोली गठन गरिएको जानकारी मात्रै गराए l

उपाधक्ष्य डिल्ली भट्टराईले आजैको बैठकले पारित गरेको भन्दै दूई बर्षमा राम्रा ३५ वटा कामहरु गर्ने निर्णय गरिएको कुरा सभा लाई जानकारी गराउदै एनआरएन युएसएको आगामी दुई बर्षे कार्यकालको कार्ययोजना सुनाएर बिपक्षी समुहको डर धम्कीले यो कार्यसमिती नडराउने बरु बिपक्षीलाई पेलेरै जाने सोच संस्थापन पक्षको रहेछ भन्ने झल्को दिए l

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन नेपाली एकता समाजका प्रेम कुमार श्रेष्ठले बाल्टिमोरमा अहिले यो कार्यक्रम भैरहेको छ, ठ्याक्कै यहि समयमा न्युयोर्कमा बिपक्षी समुहको अर्को कार्यक्रम भै रहेको सुन्दा सार्है नै दुख लाग्यो भने l

हालै मात्रै अमेरिकाका राष्ट्रपति ओबामा द्वारा मनोनित हुनु भएकी एसिएन तथा प्यासिफिक आइसल्यानडर सल्लाहकार समितिकि सदस्य संजिता प्रधान र अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुख किरण सिटौलालाई सम्मान गरिएको थियो l

DSC04403खगेन्द्र जिसीको निबर्तमान कार्यसमितीका सबैलाई राजदुत डा. कार्कीले खादा लगाई दिएर बिदाई तथा नयाँ निर्बाचित कार्यसमितीका सबैलाई चुनाब आयोगका प्रमुख बिनोद रोकाले चुनाब आयोगको तर्फबाट नियुक्तीको प्रमाणपत्र दिएका थिए l

कार्यक्रममा एनआरएन अन्तर राष्ट्रियका संस्थापक उपाध्यक्ष डा.श्याम कार्की, वरिष्ठ उपाधक्ष्य कृष्ण पोखरेल, डा. मदन उप्रेती एच बी भण्डारी, सतिश चापागाई, खिलेन्द्र न्यौपाने ,गौतम दाहाल, नारायण थापा,दुर्गा विश्व कर्मा आनन्द घिमिरे,गजेन्द्र अर्याल, कृष्ण धराबासी लगायत सबै वक्ताहरुले अमेरिकाको एनआरएनलाई फुट हुन् बाट जोगाउनु पर्ने मन्तब्य राखेका थिए

नव निर्बाचित क्षेत्रीय उपाध्यक्ष रबिना थापाको सौजन्यतामा गण्डकी रेस्टुरेन्टले दिवा भोजन तथा नास्ताको प्रबन्ध मिलाएको थियो l एनआरएन म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलले स्वागत भाषण गरेका थिए भने भर्जिनिया शाखाका अध्यक्ष मुक्ती दवाडीले धन्यबाद दिएका थिए l

DSC04303

वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र नर्थ अमेरिकाको सबैभन्दा अग्लो हिमाल आरोहण गर्न नेपाल देखी आएका सगरमाथा आरोही संजय पण्डितले पनी मन्तब्य राखेको उक्त समारोह एनआरएन अमेरिकाका नवनिर्बाचित महासचिब तिलक श्रेष्ठले संचालन गरेका थिए l

DSC04461

प्रतिक्रिया