वर्षाले आठ वटा घट्ट बगायो
इनेप्लिज
२०७२ जेठ ३१ गते १०:२० मा प्रकाशित
जाजरकोट, ३१ जेठ । डोल्पाको कालिका गाविस वडा नं ९ रिडिगमा शुक्रबार राति परेको अविरल वर्षाले आठ वटा पानीघट्ट र ३२ घरधुरीको खेत पुरेको छ ।
पानी घट्ट पुरिएपछि रिडिगका स्थानीयवासीलाई घट्ट पिस्नमात्र दुई घन्टा हिँडेर कालिकाको औल भन्ने ठाउँमा जानुपर्ने बाध्यता आइलागेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया