त्रियासी वर्षमा नागरिकता प्रमाणपत्र

इनेप्लिज २०७२ जेठ २८ गते १३:५४ मा प्रकाशित

nepali nagariktaरौतहट, २८ जेठ । यतिखेर वृद्ध मगरी देवीलाई खुसीको सीमा छैन । उहाँले ८३ वर्षका उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

हातखुट्टासमेत नचल्ने अवस्थामा पुगेकी मगरीले आफूले नागरिकता पाउँदा असाध्यै खुसी लागेको बताउनुभयो । उहाँका एक मात्र छोरा छन् ।

चन्द्रपुर नगरपालिका– १३ बालचनपुर निवासी मगरीलाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदीले मङ्गलबार वैवाहिक अङ्गीकृत नागरिकता प्रमाणपत्र प्रदान गर्नुभयो ।

भारतको सीतामढी जिल्ला डुमरी ग्रामपञ्चायत माइती घर भएकी मगरीलाई विवाह गरेको ६० वर्षपछि ३२२०८०। ३५ नंको नागरिकता प्रमाणपत्र प्रदान गरिएको उपसचिव सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया