सभासद्को तलबले धादिङको उमाविलाई जस्तापाता

इनेप्लिज २०७२ जेठ २८ गते १३:४१ मा प्रकाशित

jastapata-bitaranगजुरी (धादिङ), २८ जेठ । सभासद् धनबहादुर घलेले आफ्नो तलबबाट विद्यालयलाई जस्तापाता खरिद गरेर वितरण गर्नुभएको छ ।

उत्तरी धादिङको सत्यदेवी गाविस वडा नं ९ खनियाबासस्थित बच्छलादेवी उच्च माविका लागि सभासद् घलेले आफ्नो तलबको पैसा र कुमार सुनारले आफ्नो व्यक्तिगत रुपमा विद्यालयका लागि जस्तापाता खरिद गरी उपलब्ध गराउनुभएको हो ।

उन्नाइस बन्डल जस्ता विद्यालयलाई उपलब्ध गराएपछि नेकपा (एमाले) का कार्यकर्ता कुमार सुनार र अनिल रिजालको नेतृत्वमा विद्यालयका लागि पाँचवटा अस्थायी कक्षाकोठा निर्माण गरिएको छ ।

एउटा संस्थाले अब दुईवटा अस्थायी कक्षा निर्माण गरिदिने जानकारी दिएकाले दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले बताउनुभयो ।

सात सय ६० विद्यार्थी अध्ययन गर्ने सो विद्यालय वैशाख १२ को भूकम्पले पूर्णरुपमा ध्वस्त भएको थियो ।

प्रतिक्रिया