बिहान दुई परकम्प

इनेप्लिज २०७२ जेठ २८ गते १३:४० मा प्रकाशित

vukampaकाठमाडौँ, २८ जेठ । आज बिहान ‘गोरखा भूकम्प’का दुई परकम्प महसुस गरिएको छ ।

बिहान १२ बजेर २६ मिनेट जाँदा दोलखाको भीमेश्वर नगरपालिका भीमेश्वर मन्दिर छेउ केन्द्रविन्दु भएको ४ रिक्टर स्केलको परकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले मापन गरेको छ ।

त्यसै गरी आजै बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकका जलवीरे, बतासे र फुल्पिङकोट गाविसको बीच भागमा परकम्प गएको केन्द्रको बेवसाइटमा उल्लेख छ ।

प्रतिक्रिया