प्रेस बिज्ञप्ती – NRN NCC Election

इनेप्लिज २०७२ जेठ २८ गते ८:३८ मा प्रकाशित

प्रेस बिज्ञप्ती
————–

10 June, 2015

आदरणिय अमेरीकावासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू, पत्रकार साथीहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरू ।

गैरआवासीय नेपाली संघ, अमेरिकाको (NRN-NCC, USA) April 16 – 20, 2015 मा सम्पन्न निर्वाचनमा हामी देहाय बमोजिमका उम्मेद्वारहरू विभिन्न पदका प्रत्यासी रहेको ब्यहोरा अवगत गराउन चाहन्छौ ।

यसै सन्दर्भमा April 25, 2015 का दिन घोसित निर्वाचन परिणाम पारदर्शि गरियोस भनि सोही दिन बेलुका NRN-NCC OF USA का निर्वाचन आयुक्त समक्ष निबेदन दर्खास्त पठाएका थियौ ! सो निवेदनको बोधार्थ तत्कालिन कार्य समितिका अध्यक्ष खगेन्द्र जि. सि. क्षेत्री तथा डि.आर.सी.सोनाम लामा, आर. सि. नबराज गुरुङ लगायत केन्द्रिय अध्यक्ष शेस घलेलाई पनि ईमेल मार्फत संप्रेसित गरेका थियौं ! बाञ्छित समयभित्र सो निबेदन उपर कारबाही हुन नसके पछि सोहि ब्योहराको निबेदन पुन: दुइ पटक पेश गरेका थियौं ! तर अफसोच हामीले कुनै प्रतिउत्तर पाउन सकेनौं! स्मरणीय रहोस, कुनै पनि निबेदन प्राप्त गरेको या नगरेको जानकारी सम्म पनि हामीलाई उपलब्ध गराईएन ! यो प्रक्रियाको अर्को चरणमा सोहि ब्योहराको निबेदन NRNA-ICC केन्द्रिय कार्य समितिसमक्ष प्रस्तुत गरेका थियौं !

यहाँहरुलाई अबगत नै होला NRNA-ICC केन्द्रिय कार्य समितिले हाम्रो निबेदन उपर तत्काल कारबाही शुरु गर्न भनि उजुर गरिएका बिषयमाथि छानबिन गरि प्रतिबेदन पेश गर्नका लागि डि.आर.सी.सोनाम लामालाइ अख्तियारी दिएको थियो ! सो अनुरुप श्री लामाले आफ्नो छानबिन शुरु गर्नुभएको ब्योहरा जनसमक्ष पनि आएको थियो ! हामि समस्त उम्मेद्वारहरु NRNA-ICC को यो निर्णयको हृदयदेखि स्वागत गर्दछौं ! छानबिनका क्रममा हामीहरुबाट केहि सहयोग हुन सकेमा त्यसका लागि पनि तम्तयार रहेको जानकारी गराऊछौँ ! यहि सन्दर्भमा वाहाले NRN-NCC, USA लाइ छानबिनका दर्म्यानमा आफ्ना गतिविधिहरु बन्द गर्न गरेको आग्रहलाई गलत व्याख्या गरि सँस्था नै निलम्बन गरेको भनेर गरिएका झुठा प्रचारबाजीको घोर भर्त्सना पनि गर्दछौं ! आशा छ NRNA-ICC का तर्फ बाट डि. आर. सि. सोनाम लामाले निस्पक्ष एबम प्रमाणमा आधारित सत्य तथ्य सहितको अन्वेषण जनसमक्ष ल्याउनुहुनेछ !

धन्यबाद !

बिनित
———
१. नगेन्द्र पौडेल -उम्मेद्वार अध्यक्ष
२. गणेश कुँवर – उम्मेद्वार अध्यक्ष
३. दुर्गा दाहाल- उम्मेद्वार अध्यक्ष
४. रमा सिगं – उम्मेद्वार अध्यक्ष
५. श्री पराजुली- उम्मेद्वार अध्यक्ष
६. नेदेन डोगंला -उम्मेद्वार वरिष्ट उपाध्यक्ष
७. शिव विष्ट – उम्मेद्वार वरिष्ट उपाध्यक्ष
८. सन्जिब श्रेष्ठ – उम्मेद्वार उपाध्यक्ष
९. ज्ञान दिप लामा- उम्मेद्वार उपाध्यक्ष
१०. सीता खरेल – उम्मेद्वार उपाध्यक्ष
११ उमा कार्की- उम्मेद्वार उपाध्यक्ष
१२ मोहन थापा- उम्मेद्वार उपाध्यक्ष
१३ रविन बज्राचार्य – उम्मेद्वार कोसाध्यक्ष
१४ सीता प्रशाई उप्रेती- उ. बोर्ड डाईरेक्टर

Letter to NRN NCC – 2nd Appeal to Election commission from Lawyer

NRN Results 2015 – 3 rd Appeal to Election commission

Letter to NRN NCC Election commission - 1 st appeal

प्रतिक्रिया