इनारमा डुबेर महिलाको मृत्यु

इनेप्लिज २०७२ जेठ २८ गते ३:२३ मा प्रकाशित

inarगौशाला, २८ जेठ । इनारमा डुबेर गएराति महोत्तरीको भरतपुर गाविसमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर गाविस–४ बस्ने लखन साहकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साह रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

केही दिनदेखि मानसिक अवस्था बिग्रिएको उर्मिलाको गएराति करिब १२ बजे भरतपुर–३ स्थित देवेन्द्र यादवको इनारमा खस्दा मृत्यु भएको हो ।

अत्यधिक गर्मीका कारण सबैजना अबेर रातिसम्म घर बाहिरै बस्ने गरेकामा उर्मिला अँध्यारोका बेला इनारमा खसेको र उनको मृत्यु भएको प्रहरी निरीक्षक मछिन्द्र केसीले बताउनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया