बेल्डाँडीमा सञ्चालित आँखा शिविरबाट करिब आठ सय लाभान्वित

इनेप्लिज २०७२ जेठ २८ गते २:५१ मा प्रकाशित

eye-बेलौरी (कञ्चनपुर), २८ जेठ । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यमा पहुँचका लागि कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा सञ्चालित निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

गेटा आँखा अस्पताल शाखा महेन्द्रनगरको आयोजनामा बुधबार सम्पन्न सो शिविरबाट ८३२ जना लाभान्वित भएको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेल्डाँडीको रौलेश्वर र सिद्धनाथ विद्यालयमा आँखा शिविर आयोजना गरिएको र दुवै शिविरमा ८३२ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये १४७ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

स्थानीयले अझै दक्षिणी क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्न मागसमेत गरेका छन् ।

प्रतिक्रिया