जाजरकोट, २८ जेठ । जिल्लाको पजारु गाविसमा खोरेत रोगका कारण यहाँका पशु चौपाया धमाधम बिरामी पर्न थालेका छन् ।
खेती गर्ने समयमा पशु चौपाया बिरामी भएपछि गाउँले समस्यामा परेका छन् । विशेषगरी पजारु गाविसको वडा नं ३ र ४ मा रोगका कारण एकै घरका सबै पशुचौपाया बिरामी भएका छन् ।
बिरामी पशु चौपायालाई उपचारका लागि पशु सेवा केन्द्रमा सम्पर्क गर्दा औषधि नभएका कारण निकै मुस्किल भएको स्थानीय कृषक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गोरु बिरामी भएका कारण खेती गर्न मुस्किल भएको छ । यत्ता जिल्ला पशु कार्यालयले बिहीबार नै औषधिसहितको टोली पठाएको जानकारी दिएको छ ।
प्रतिक्रिया