बिर्तामोडका युवाले शवबाहन खरिद गर्ने

इनेप्लिज २०७२ जेठ २७ गते १५:४० मा प्रकाशित

11414707_871638062909936_1259129595_nबिर्तामोड, २७ जेठ । सामाजिक कार्यमा अग्रसर रहेका झापा बिर्तामोडका युवाले शवबाहन खरिद गर्ने भएका छन् ।

बिर्तामोडमा शवबाहन नहुँदा समस्या उत्पन्न भएको जनाउँदै हेल्पिङ हेण्ड्स नेपाल नामक संस्थामा आवद्ध युवाले सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले शवबाहन खरिद गर्न लागेको हेल्पिङ हेण्ड्स नेपालका अध्यक्ष दीवाकरलाल चौधरीले बताए । उनले भने–‘पूर्वको व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा एउटा पनि शवबाहन छैन अरु गाडीले लास बोक्न मान्दैनन् त्यसैले हामी आफैंले आफ्नै लगानीमा शवबाहन किन्न लागेका हौं ।’

बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संस्थाका महासचिव भिष्मराज पौडेलले अहिलेको समाजको पहिलो आवश्यकता शवबाहन भएकाले आफूहरुले शवबाहन खरिद गर्न रकम जुटाउनसमेत सुरु गरेको बताए । वातावरण संरक्षण, शिक्षा, स्वस्थ्यलगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले गठित उक्त सस्थामा आवद्ध रहेका दुई सय भन्दा बढी युवाले स्वतस्फूर्त रुपमा रकम सङ्कलन गर्दै शववहान खरिद गर्न जुटेका छन् महासचिव पौडेलले भने ।

संस्थामा आवद्ध भएका मध्ये उपाध्यक्ष कुशल खतिवडा, अजयकुमार देव, कुशल आचार्य, सचिव सरोज श्रेष्ठ, कोषाध्यक्ष अभिषेक आचार्य तथा सदस्यहरु प्रनिश पौडेल, प्रमेश योञ्जन, कमलप्रसाद खरेल, उमेश पाठक, विशाल विमली, एलिसा प्रसाई, अञ्जु लामिछाने, निश्चल पाण्डे र लीलावहादुर शंकरले शवबाहन खरिदका लागि फरक फरक जिम्मेवारी लिएर काम सुरु गरेको पत्रकार भेटघाटमा अध्यक्ष चौधरीले बताए ।

शवबाहन खरिदका लागि ११ लाख रुपैयाँ भन्दा बढी रकम लाग्ने र उक्त रकम स्थानीय स्तरवाट जुटाएर स्थानीयवासी कै सहजताका लागि शवबाहन खरिद गरिने क्लबका सदस्य प्रनिश पौडेलले बताए । यसैवीच झापाको बिर्तामोड नगरपालिका– १ निवासी युवा व्यवसायी नवीन रिमालले शवबाहन खरिदका लागि नगद ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । हेल्पिङ हेण्ड्स नेपालका सदस्यसमेत रहेका उनले सोमबार नै उक्त रकम संस्थाका अध्यक्ष चौधरीलाई प्रदान गरे । रकम हस्तान्तरण गर्दै उनले जतिसक्तो चाडो शवबाहन खरिद गरेर समुदायलाई हस्तान्तरण गर्न सकिन्छ त्यति नै स्नाथीयवासीलाई सजिलो हुनेभएकाले आगामी दिनमा पनि आफू सहयोग गर्न तयार रहेको बताए । उनले जतिसक्दो छिटो बिर्तामोडमा शववाहन ल्याउन सघाउ पु¥याउन सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया