मिनिट्रक दुर्घटनाः एकको मृत्यु, चार घाइते

इनेप्लिज २०७२ जेठ २७ गते १५:२९ मा प्रकाशित

accident-signत्रिशूली(नुवाकोट), २७ जेठ । जिल्लाको तारुकाबाट बुधसिङतर्फ बेहुली लिएर फर्किएको मिनिट्रक दर्शनटार नजिक दुर्घटना हुँदा त्यसमा सवार एक किशोरको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका १२ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि काठमाडौँ लैजाँदा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका एक जनाको स्थिति गम्भीर छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मिनिट्रकका चालक बुधसिङ–२ का बलराम वस्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया