भूकम्पसँग लड्ने शक्ति निर्माण गरौँ

इनेप्लिज २०७२ जेठ २७ गते १५:२६ मा प्रकाशित

Rss_Images_1433948645528_RG-BKT-Mantri Basnet Photo-27भक्तपुर, २७ जेठ । उद्योग मन्त्री महेश बस्नेतले भूकम्पलाई सम्झेर होइन अब भूकम्पस“ग लड्ने शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

मानवीय आस्था नेपालले आज भक्तपुर दरबार स्क्वायरमा आयोजना गरेको भूकम्पमा परी ज्यान गुमाएकाको श्रद्धाञ्जलि एवम् दीप प्रज्वलन कार्यक्रममा उहा“ले शोकलाई शक्तिमा बदल्नुपर्ने धारणा राख्नु भयो । उहाँले क्षतिग्रस्त भौतिक संरचना, सम्पदा र भत्किएको मनलाई नया“ ढङ्गले निर्माण गर्न युवाहरु जुझारु भएर लाग्नुपर्छ भन्नुभयो ।

जात, धर्म, भाषा, क्षेत्रभन्दा माथि मानवीय आस्था भएकाले मानवीय सेवामा जुट्न सबैलाई आग्रह गर्दै मन्त्री बस्नेतले अब कोही पनि भूकम्पपीडित खुल्ला आकाशमुनि बस्न नपर्ने बताउनुभयो ।

मानवीय आस्था नेपालको संरक्षकसमेत रहनुभएका मन्त्री बस्नेतले बस्ने घर नभएका पीडितलाई जस्तापाताकै घर भएपनि बनाइदिने घोषणा गर्नुभयो । भक्तपुर नगरपालिकास“ग एक रोपनी जग्गा माग गर्दै उहाँले उक्त जग्गामा भूकम्पबाट ज्यान गुमाएका जिल्लाका ३३३ जनाको सम्झनामा स्मारक बनाउने बताउनु भयो ।

स्मारक बनाउन सभासद् केदार सञ्जेलले रु १० लाख दिने घोषणा गरिसकेको जानकारी दिँदै मन्त्री बस्नेतले भक्तपुरका सबै सभासद्लाई यो अभियानमा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममा सो संस्थाले मृतक परिवारलाई रु पाँच हजारका दरले राहत प्रदान गरेको थियो ।

प्रतिक्रिया