कैलाली, २७ जेठ । सामान्य विवादमा ढुङ्गा प्रहार गर्दा लम्कीचुहा नगरपालिका–११ लोहापुर बस्ने ३० वर्षीय लालबहादुर विकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने २७ वर्षीय हरि भण्डारी र मृतक विक गएराति होटलमासंँगै मादकपदार्थ खाइरहेको अवस्थामा आपसमा सामान्य विवाद हुँदा भण्डारीले विकको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
अभियुक्त भण्डारीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया