क्यानाडा घुम्न जाने सुचना

इनेप्लिज २०७२ जेठ २७ गते १०:१८ मा प्रकाशित

IMG_4347-Copy-Copy-150x150

डिसीनेपाल र इनेप्लिज डटकमका पत्रकारहरु वाशिंगटनबाट डिसी देखि नियाग्राफल्स र क्यानाडाको टोरोन्टो शहर घुम्न जाँदैछन् l भर्जिनिया वाशिंगटन डिसीको सेरोफेरोमा बसाई भएका र नियाग्राफल्स, क्यानाडाको टोरोन्टो शहर देख्न इच्छा भएका जो कोहीले यो भ्रमण टोलीमा मिस्सीएर घुम्न जान सकिनेछ l

भ्रमण कार्यक्रम यसप्रकार छ :
वाशिंगटन डिसी नजिकै भर्जिनियाको अर्लिंगटनबाट प्रस्थान गर्ने मिती: २०१५ जुन २१ शनिबार बिहानै हिंड्ने, दिनभरीको कार यात्रा पछी शनिबारको बेलुकीपख क्यानाडाको बोर्डर नियाग्राफल्स पुगिन्छ, शनिबारको बेलुकीपख र साँझ नियाग्राफल्स घुम्ने, शनिबार नियाग्राफल्सको डेजईन होटेलमा बास बस्ने, आईतबार बिहानै अमेरिका र क्यानाडाको बोर्डर क्रस गर्ने, क्यानाडाको बोर्डर क्रस गरेर क्यानाडाको टोरोन्टो शहर हेर्ने घुम्ने, क्यानाडाको टोरोन्टोमा साहित्यकार ड़ा. गोबिन्दसिं रावतलाई भेट्ने ( ओट्टावाबाट टोरोन्टो आएको बेला परेमा जुन २२ तारिख आईतबार क्यानडाका लागी नेपाली राजदुत कालीप्रसाद पोखरेल, ड़ा. प्रमोद ढकाल, ड़ा. द्रोण रसाईली र एनआरएनका अध्यक्षलाई पनी भेट्ने ), आईतबारको दिऊँसो २.०० बजेतिर क्यानाडाको टोरोन्टोबाट अमेरिकातिर प्रस्थान गर्ने, क्यानडा र अमेरिकाको बोर्डरमा पारीपट्टी क्यानेडियन सरकारको ईमिग्रेसन र वारीपट्टी अमेरिका सरकारको ईमिग्रेसनको चेक जांच पार गर्दै बोर्डर क्रस गर्ने, क्यानाडाको बोर्डर नियाग्राफल्सबाट आइतबारको बेलुकी ४.०० बजे तिर वाशिंगटन डिसी प्रस्थान गर्ने र २०१५ जुन २२ तारिख आईतबारको बेलुकी – मध्येरात पछी सोमबार बिहानको २.००, ३.०० बजे तिर ) मात्रै वाशिंगटन डिसी आईपुग्ने कार्यक्रम छ l

ImageProxy-800x377

यात्राको निती यस्तो हुनेछ:
१) गाडीको तेल, टोल ट्याक्स, होटेलको बासखर्च, ब्रेकफास्ट, लन्च, डिनर, नास्तापानी जस्ता आते जाते बाटो खर्च दामाशाहीले बराबरी व्यहोर्ने, २) बुढाबुढी बा आमा र केटाकेटी लाई यसपटक नलगौ अर्कोपटक लैजाने, ३) यो रोड ट्रिप टुर हो l ( आते जाते तिनहजार चारहजार किलोमीटर जती यात्रा गरिनेछ नेपालको हिसाबले भन्नुपर्दा काठमाडौँबाट पुर्बको मेची अञ्चल, मेचीबाट महाकाली, फेरी महाकालीबाट मेची र मेचीबाट काठमाडौँ जती यात्रा गरिनेछ – आफ्नै ब्रयाण्ड न्यु Brand New HYBRID CAR टोयोटा प्रियुस कारमा ). यो भ्रमणको नौलो पक्ष सबै अमेरिकन नेपाली जो पनी नियाग्राफल्स, क्यानाडा जाँदा जिपिएस लगाएर जान्छन् र जिपिएसले ९५ हाईवेमा हाल्छ र हाईवे हाईवेको मात्रै यात्रा हुने भएकोले, घुम्ने भनेको नियाग्राफल्स पुगेर मात्रै हुन्छ l तर, यो टोलीमा भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसी, देलावेर, पेन्सिल्भानिया, न्युजर्सी र न्युयोर्क ७ वोटा राज्यहरु जिपिएस नलगाईकनै ड्राईभ गर्ने अनुभबी परिपक्क समाजसेवी टिमलिडर हुने भएकोले ९५ हाईवेबाट नगएर भर्जिनियाको साऊथ राईडिंगबाट रुट १५ नर्थ लिएर क्यानाडातिर लाग्दैछौं l रुट १५ नर्थको बाटो यसकारणले जाँदैछौं की रुट १५ पनी ९५ जस्तै जस्तै फ्रीवे हाईवे हो र यो रुटबाट जाँदा भर्जिनिया देखी क्यानाडाकै बोर्डर सम्मै खेतिपाती, गाईपालन, भेडापालन, गोरुपालन, घोडापालन का फार्महरु, वाईन फ्याक्ट्रीहरु र नेपालतिरको जस्तै साना साना बजारहरु, गाउँघर, नेपालकै जस्तै पहाड डांडाकाँडा हेर्दै हेर्दै जान पाईने भएकोले यो यात्रा चाहिं अरु नेपालीको यात्रा भन्दा फरक खालको रमणीय यात्रा हुनेछ ).
ईच्छुक महानुभावले सम्पर्क गर्नुहोला:
सेल फोननम्बर ५७१-२४२-७०९१ (बिश्वोराज थापा)
सेल फोन नम्बर ५७१-२४२-५५१० (डिसीनेपाल)

प्रतिक्रिया