सरोज खनालसंग गरिएको बिषेश कुराकानी ।

इनेप्लिज २०७२ जेठ २६ गते १७:२८ मा प्रकाशित

Himalaya khabarवास्तवमा नेपालीहरुको माझ सरोज खनाल चिनाइरहन पर्ने नाम हैन । नेपाली चलचित्र जगतका सुपर हिरो खनाल विगत सत्र वर्ष देखि अमेरिकाको भर्जिनियामा परिवारका साथ रहदै आएका थिए । अमेरिकाका नेपालीहरु माझ पनि निकै लोकप्रिय खलाल अमेरिका वसुन्जेल थुप्रै कार्यक्रमहरु वेला वेलामा गरिरहन्थे । अमेरिका होस वा नेपाल उनले विभिन्न सामाजिक कार्यहरुमा पनि हात हालेका छन । हालैको नेपालमा गएको विनाशकारी भूकम्पमा पनि उनी भूकम्प सहयोर्गाथ पिडितका लागी दिन रात खटेका थिए । भूकम्प पछाडि अमेरिका फर्केका सरोज खनाल आज वेलुकि ७ वजे नै अमेरिकावाट पूर्णरुपमा वसाई सरीे नेपाल जादै छन । उनको अमेरिका वसाई र नेपाल फिर्तिका सम्वन्धमा हिमालय खवरका तर्फवाट शरद पोखरेल, विकास राज न्यौपाने र उनको ताजा वार्तालाप :-

अमेरिकामा विगत सत्र वर्ष देखि रही तपाई नेपाल सधैका लागी जादै हुनुहुन्छ रु एकाएक यो निर्णय कसरी लिन पुग्नु भयो ?

– यो सत्र वर्ष को अवधिमा म पटक पटक गरेर धेरै नेपाल गए । साच्चै भन्दा मेरोे यो लामो अनुभवले के वताउँछ भने अमेरिका Land of Opportunities हो भने नेपाल Land of Possibilities हो । किन भन्नुहुन्छ भने प्रायशः हामी नेपालीहरु अमेरिकामा आउँछौ अनि एउटै काममा अडकिएर वा रमायर वस्छौ । तर यही विचमा हामी नेपालमा रहेमा चाहे फिल्म क्षेत्र होस वा अन्य क्षेत्र हामी आफ्नो काम वाहेक दोस्रो काम पनि गर्छो । यसैले म नेपाललाई Land of Possiblities भन्न रुचाउँछु । नेपालमा रहेको त्यही Posiblities लाई खोज्न म नेपाल सधैका लागी जान लागेको हु र यो निर्णय यस आधारमा नयाँ हैन एकाएक पनि हैन । म हेर्दे थिए उपयुक्त र सही समयको । जुन हाल आएर देखे र म जान लागेको हुँ ।

नेपालमा विनाशकारी भूकम्प जानु अनि तपाईले यही समयमा अमेरिका छाडेर नेपाल जाने उपयुक्त समय देख्नु यसमा कुनै तारतम्यता छ ?

– नढाटिकन भन्दा यसमा तारतम्यता छ नै । म तपाईको हिमालय खवर मिडिया मार्फत पहिलो पटक के भन्न चाहन्छु भने भूकम्प गए पछि म यहाँ वस्न सकिन र नेपाल गए । मैले भूकम्प प्रभावित नेपाली दाजुभाई दिदीवहीनीहरुलाई ठूलो राहत नभनु जे सक्थे त्यो सहयोगका रुपमा केही नगद र केही जिन्सीहरु वाँडे । जसलाई म मेरो सौभाग्य नै ठान्छु । यस समयमा मलाई मेरो आत्मा देखि के लाग्यो भने नेपाललाई यस्तो विनासको अवस्थामा मेरो खाँचो छ । उता आफ्ना दाजुभाईहरु अफ्ठरोमा हुदा म कसरी यहाँ वसु भन्ने चिन्तन पनि म मा आयो । यही अन्तर आत्माको भाव पूरा गर्न पनि अहिलेको समय मैले छानेको हुँ भन्दा हुन्छ ।

अमेरिकामा तपाई सरहका अन्य कलाकर्मीहरु विभिन्न समयमा आएको–गएको विभिन्न उदाहरणहरु पाइन्छन तर पनि तपाई नेपाल जानलाग्दा भने विगतमा भन्दा धेरै चर्चा परिचर्चा देखियो । यसलाई कसरी लिनुहुन्छ ?

– म अरुको कुरामा त्यत्ति ध्यान दिन्न । यो व्यक्ति पिच्छेको हेराईमा भर पर्ने कुरा हो । मलाई के लाग्छ भने म यहाँ वस्दा पनि विभिन्न कला कार्यक्रमहरुमा व्यस्त रहन्थे । त्यस्तै थोर वहुत म विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न थिए । म अमेरिका छाडि जान लाग्दा मेरा तमाम दर्शक, शुभेच्छुकहरुलाई चिन्ता लाग्नु स्वभाविक हो । यस अर्थमा यो उहाँहरुले म प्रति देखाएको माया एवं सदभाव हो भन्न रुचाउँछु । आफूले मन पराएको व्यक्ति कहाँ जान लाग्यो के गर्देछ खुल्दुली हुनु स्वभावीक पनि हो ।

यो सत्र वर्षमा तपाईले अमेरिकामा वसेर आफ्ना लागी धेरै गर्नुभयो तर जादाजादै अमेरिका प्रति तित्तता पनि त्यत्तिकै पोख्नुभयो यो किन ?

– हैन मैले अमेरिका प्रति कुनै तित्तता पोखेको छैन । हरेक व्यक्तिको आफ्नो आफ्नो वुझ्ने शैली हुन्छ । कतिले त्यसरी वुझे होलान । वास्तवमै भन्दा अमेरिकाले मलाई धैरै कुरा सिकाएको छ जुन कुरा मैले नेपालवाट यहाँ आउँदा जानेको थिइन र साथसाथै मैले यो पनि भनिरहेको छैन कि अमेरिका हामी वस्नै हुन्न । म यो पनि भन्दिन कि भविष्यमा मलाई अमेरिका चाहिदै चाहिदैन । म फर्कन पनि सक्छु । मैले सिर्फ मेरो दैनिक जीवनमा अमेरिकामा के कस्तो भोगाई रहयो मात्र भनेको हुँ, शेयर गरेको हुँ । अव कतिले यसलाई तित्तताका रुपमा वुझे वा कतिले शिक्षाका रुपमा त्यो सोचाईमा भर पर्ने कुरा हो जसको पछाडि म जान पनि चाहन्न ।

अव नेपाल गएर के गर्ने विचारमा हुनुहुन्छ अथवा पहिल्यै केही सोचिसक्नु भएको छ कि र ?

– वास्तवमा मेरो दिमाग अहिले खाली छ । मैले उता गएर के गर्ने सोचिसकेको छैन । त्यसको अर्थ म केही नगरी वस्छु भन्ने हैन । म मेरो देशमा केही नगरी अवश्य वस्दिन र मर्दिन पनि । त्यस वाहेक निश्चय नै उता पनि मेरो केही पारीवारीक व्यवसाय छ । अझ कलाकारीता त मेरो रगतमा वगेकै छ । पछिल्लो पटक नेपाल जादा पनि तीन चार वटा स्क्रिप्टमा अफरहरु आएका थिए । एकाद ठिकै लागे पनि वाँकि राम्रै पनि थिए । उमेरका कारणले पनि अव पहिलाको जस्तो हिरो नरहुला तथापि कलाकारीता त गर्छु नै । खैर हेर्दै जाउँ समयले कता पुराउछ ।

जादाजादै एउटा प्रश्न सोधौ, अहिले पनि लाखौ नेपालीहरु अमेरिमा छन त्यस्तै हजारौ नेपालीहरु अमेरिका आउने चाहनामा छन यस अर्थमा यहाँ रहेका र आउँन खोज्नेहरुलाई कुनै सन्देश छ की ?

– म माथि झै फेरि पनि भन्छु अमेरिका land of opportunities हो नै । यसैले म नेपाल जान लाग्दैमा ल अव नेपाल नै जाउँ भनी कसैलाई भन्दिन किनकि मैले यहाँ वसेर जुन कुरा गर्न सकिन त्यो अरु नेपालीहरुले पनि सक्द्रैनन भन्ने छैन । फेरि निश्चित रुपमा यहाँ वसेर कुनै न कुनै कुरा सिकिन्छ नै ।
त्यस्तै जो अमेरिका आउँन चाहिरहेका छन उहाहरुलाई

प्रतिक्रिया