इटहरीमा सङ्गीत महाविद्यालय भवन शिलान्यास

इनेप्लिज २०७२ जेठ २६ गते ३:३१ मा प्रकाशित

इटहरी, २६ जेठ । सङ्गीत साधना महाविद्यालयको इटहरी–२ मा निर्माण गरिने भवनको सोमबार सभासद्हरु रेवतीरमण भण्डारी राष्ट्रिय योजना आयोगका सदस्य प्रेम दङ्गाल र अर्का सभासद् कल्पना चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

रु सात करोडको लागतमा क्रमागत रुपमा निर्माण हुने सङ्गीत साधना महाविद्यालयको भवन हाल ५२ लाख रुपैयाँको लागतमा पहिलो तला निर्माण हुने भएको छ । नेपालकै पहिलो सङ्गीत साधना महाविद्यालयका रुपमा रहेको यो भवन निर्माण नेपाल सरकार, स्थानीय निकाय तथा अरू विभिन्न निकायको सहयोगमा सम्पन्न हुने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दङ्गालले मुलुककै लागि महत्वपूर्ण भौतिक संंरचना निर्माण हुन लागेकाले यसलाई राज्यले समेत प्राथमिकताका साथ निर्माणमा सघाउ पु¥याउने विश्वास दिलाउनुभएको छ ।

सोही अवसरमा सभासद् भण्डारीले पनि नेपालकै गौरव गर्ने योजनाका रुपमा रहेको सङ्गीत साधना महाविद्यालय निर्माणमा आफूहरुबाट भरमग्दुर प्रयास हुने र यो भवन नेपालका लागि त महत्वपूर्ण हुँदै हो त्यसमा पनि इटहरीका लागि त अति गौरवको योजना हो भन्नुभयो ।

अर्का सभासद् कल्पना चौधरीले पनि नेपालको सङ्गीत तथा कलाका क्षेत्रमा जुन हिसाबले भौतिक पूर्वाधार निर्माण गर्न ध्यान पुग्नुपथ्र्यो त्यो नभइरहेको अवस्थामा इटहरीमा यसको सुरुवात हुनु अति महत्वपूर्ण भएको बताउनुभयो ।

महाविद्यालयका अध्यक्ष मणि गुरुङको अध्यक्षतामा शिलान्यास भएको भवनका सम्बन्धमा प्रतिष्ठानका सचिव राजु केसीले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भवन निर्माणस्थलको क्षेत्रफल साढे १० कट्ठा रहेको छ ।

प्रतिक्रिया