“नेजा”ले नेपाली सिटौलालाई स्वागत र पत्रकार अधिकारीलाई विदाई गर्यो

इनेप्लिज २०७२ जेठ २४ गते २१:५३ मा प्रकाशित

DSC01508

जेठ २४ – नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली किरण सिटौलालाई बधाई र अमेरिका नै छोडेर नेपाल फर्कन लागेका पत्रकार प्रताप अधिकारीलाई विदाई गरेको छ।

अमेरिकामा नेपाली पत्रकाहरुको संख्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरु २ जनालाई स्वागत र विदाई गरेको हो ।

अमेरिकाको राजधानी नजिकै वाशिंटन डिसी नजिकै भर्जिनियाको स्प्रिङग फिल्डस्थित निराना स्विट्सको पार्टीहलमा आयोजित सोही कार्यक्रममा अमेरिकाको म्यारील्याण्ड राज्यको इण्डियन हेड

DSC01491
सिटीको उप मेयरमा निर्वाचित किरण सिटौलालाई नेजाको तर्फबाट अध्यक्ष गौतम दाहालले खादा ओढाएर बधाई दिएका थिए ।

त्यसका साथै १७ बर्षसम्म अमेरिकामा बसेर नेपाल फर्कन लागेका पूर्व टेलिभिजन पत्रकार अधिकारीलाई “नेजा”को तर्फबाट अध्यक्ष दाहालले खादा ओढाएर बिदाई गरेका थिए ।

DSC01504

यसअघि अमेरिकी चुनावमा उठेर हारेका नेपालीलाई इंकित गर्दै उप मेयर सिटौलाले आफुले जस्तै स्थानीय चुनाबबाट राजनीति गरे मात्र अमेरिकाको चुनावमा जित्न सकिने बताए ।

यसैगरी पत्रकार प्रताप अधिकारीले आफु १७ बर्षपछि नेपाल गएर पनि पत्रकारिता गरिरहने उद्धेश्यले नेपालमा कसैसंग पनि नभएको अत्याधुनिक क्यामेरा लिएर जान लागेको बताए ।

कार्यक्रममा नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा, अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचन (डिसीनेपाल डटकम), गुणराज लुइटेल (इनेप्लीज डटकम), गोविन्द गिरी प्रेरणा (विश्वपरिक्रमा पत्रिका), रेडियो जर्नालिस्ट मुक्ति दवाडी, अकुंश नेपाल लगायतका नेपाली पत्रकारहरु उपस्थित रहेका थिए ।

DSC01520

प्रतिक्रिया