म्यारिल्याण्ड कोलम्बियाका ब्यबसायीले भूकम्प पिडितको लागि दुताबास मार्फत ३ लाख बुझाए

इनेप्लिज २०७२ जेठ २४ गते १९:४० मा प्रकाशित

DSCN2874

डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्यको कोलम्बियामा संचालनमा रहेको चट्नी इन्डीएन रेस्टुरेन्टले भूकम्प पीडितकाे सहयोगको लागि ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ l म्यारिल्याण्डको कोलम्बिया क्षेत्रमा निकै चर्चित उक्त चमेनागृहको पहलमा दिवा भोजनमा केवल १ हप्ताको लागी मात्र भूकम्प पिडित राहत कोषमा संकलन गरिएको कुल रकमको ३० प्रतिसत ,चमेना गृहका कर्मचारीको स्वैच्छिक दान तथा खाना खान आएका ग्राहकहरुले भूकम्प पिडितलाई दिएको आर्थिक सहयोग बाट संकलन गरेको रकम ३ हजार डलर (३ लाख रुपैया )नेपाली दुताबासका मिनिस्टर /कन्सुलर नारायण प्रसाद मैनालीलाई हस्तान्तरण गरे l

IMG_0022उक्त चमेना गृहका संचालक गणेश घिमिरेले भूकम्प पिडितको लागि अलिक ज्यादा रकम उठाईएको भएता पनि अन्य माध्यम बाट आर्थिक सहयोग गर्ने हेतुले नेपाल रकम पठाई सकिएको बताउदै यो रकम प्रधान मन्त्रि राहत कोषमा पुगोस भनि बचेको $ ३ हजार डलर दुताबासलाई प्रदान गरिएको बताए l घिमिरेले दुताबासलाई सबैको तर्फ बाट धन्यवाद दिएका छन् l काठमाडौँ महाराजगंज निवासी तथा संचालक घिमिरे झन्डै डेढ दशक अगाडी अमेरिका आएका हुन् l

घिमिरेले अन्य लाई पैसा पठाउदा संकलित पैसा घटेकोले रेस्टुरेन्टबाट थप १ हजार बढाई ३ हजार पुगाईएको जानकारी गराए l उक्त कार्यक्रममा म्याकलिन बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु १६ बर्षिय ईभा भण्डारी तथा बर्ष ९ कि रिचा भण्डारीले आफै व्यक्तिगत रुपमा भूकम्प पिडितको लागि संकलन गरेको ५ सय डलर पनि दुताबासका मैनालीलाई बुझाए l

DSCN2887ईभा तथा रिचा दुवै दिदि बहिनी हुन भने दुबैको जन्म अमेरिकामा भएता पनि नेपाललाई अत्यन्तै माया गर्ने भएकोले उक्त रकम नेपालको भूकम्प पिडितहरुको लागि एक एक डलर संकलन गरि ५ सय डलर पुर्याएको बताए l

उक्त रकम हस्तान्तरण कार्यक्रममा दुताबासको तर्फ बाट ३ हजार चमेना गृह तथा बालिकाहरुबाट $ ५ सय डलर गरि ३ हजार ५ पांच सय (नेपाली रुपैया करिब ३ लाख ५० हजार ) डलर रकम बुझ्दै मिनिस्टर /कन्सुलर नारायण प्रसाद मैनालीले चमेना गृह लाई धन्यवाद दिदै यो रकम दुताबास मार्फत प्रधान मन्त्रि राहत कोषमा जम्मा हुन्छ भन्दै बिदेशमा पनि यसरी रकम जुटाई नेपाललाई सहयोग गर्नु नै ठुलो कुरा भएको बताउनु भयो l अमेरिका भर दुताबास मार्फत भूकम्प पिडितको लागि प्रधान मन्त्रि राहत कोषमा आर्थिक सहयोग गर्ने संख्या निकै बढ्दो अवस्थामा देखिएको छ l

IMG_0011

DSCN2877

DSCN2896

DSCN2899

प्रतिक्रिया