संविधानपछि मात्र राष्ट्रिय सहमतिको सरकार: नेता केसी

इनेप्लिज २०७२ जेठ २४ गते १४:१२ मा प्रकाशित

chitrabahadurभक्तपुर, २४ जेठ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पहिले लोकतान्त्रिक संविधान जारी गरेर मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जुट्नु पर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सरकारभन्दा यही सरकारलाई बलियो बनाएर जानुपर्ने बताउनुभयो ।

केसीले प्रतिपक्ष आफैंमा वैकल्पिक सरकार भएपनि नेपालमा प्रतिपक्ष र सत्तापक्ष छुट्टयाउनै गाह्रो भएकाले शक्तिशाली प्रतिपक्षको खाँचो रहेको जिकिर गर्नुभयो ।

पहिलो संविधानसभाले पनि सङ्घीयताकै कारण संविधान निर्माण गर्न नसकेको चर्चा गर्दै उहाँले अहिले पनि दलहरुमा संविधान निर्माणमा सङ्घीयता नै घाँडो भएको चर्चा गर्नुभयो ।

छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन नगरेसम्म देश उभो नलाग्ने चर्चा गर्दै केसीले स्थानीय निकायको अभावमा देश अधोगतिमा गएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया