एन्फाको सहयोग

इनेप्लिज २०७२ जेठ २४ गते ५:३४ मा प्रकाशित

ANFA logoहेटौँडा, २४ जेठ । मकवानपुरको पूर्वी भेगमा पर्ने शिखरापुर, फापरबारी र छतिवन गाविसका ५५० भूकम्पपीडित परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा शनिबार त्रिपाल ५५० थान र खाद्यान्न सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा सभासद् गणेश थापा र फुटबल सङ्घका कावा अध्यक्ष ललितकृष्ण श्रेष्ठको सहभागिता थियो । यसैगरी मकवानपुरमा भूकम्पबाट मृत्यु भएका ३४ जनाका परिवारलाई राप्रपा नेपालका तर्फबाट राहतस्वरुप जनही रु २५ हजार प्रदान गरियो ।

प्रतिक्रिया