सप्तरी, २४ जेठ । वर्षौंदेखि जीर्ण रहेको राजविराज–कुनोली सडकखण्ड कछुवाको तालमा निर्माण भइरहेको छ ।
सदरमुकाम राजविराजदेखि भारतसँग जोडिएको कुनोली रोडअन्तर्गत पर्ने करिब १२ किमी दूरीको सडकखण्ड ठेकेदारको लापरबाहीका कारण पूरा नभएको स्थानीयवासी जगदेव यादवले आरोप लगाउनुएको छ । सो बाटो भएर दिनहुँ बस, ट्रक, टेम्पुलगायत दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गरेको र अत्यन्तै जीर्ण रहेको सो बाटामा सवारीसाधन चलाउँदा टेम्पुमा समस्या भएर चाँडै बिग्रिने गरेको टेम्पो चालक सुरेश मण्डलले बताउनुभयो ।
सडकमा सवारीसाधन चल्दा अत्यधिक धुलो उड्नाका साथै बाटामा हिँड्ने सर्वसाधारणलाई समेत समस्या हुने गरेको छ । सो सडक भारतीय बजार कुनोलीसँग जोडिएको हुनाले सडक बनेमा कुनोलीबजारबाट नेपाली बजारमा आयात र निर्यात गर्नमा सहज हुने सर्वसाधारणको भनाइ छ ।
प्रतिक्रिया