महोत्तरीमा सर्पको टोकाइबाट महिलाको मुत्यु

इनेप्लिज २०७२ जेठ २२ गते १२:३० मा प्रकाशित

snakeगौशाला, २२ जेठ । महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा आज सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरपुर गाविस–४ बस्ने २९ वर्षीया सीतादेवी साह रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घरमा रहेको मुसाको दुलोमा खुट्टा राख्दा विषालु करेत सर्पले सीताको दाहिने खुट्टामा टोकेको थियो ।

सर्पले टोकेपछि सिकिस्त भएका सीतालाई उपचारका लागि सिरहाको चहोर्वास्थित सैनिक ब्यारेकमा रहेको सर्प दंश उपचार केन्द्रमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले बताउनुभयो ।

प्रतिक्रिया