मेरो सपना

इनेप्लिज २०७२ जेठ २२ गते १०:५२ मा प्रकाशित

Apsara Sijapati

सपना भनेको जीवनको लक्ष्य हो। सपना बिना जीवन अधुरो नै हुन्छ त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो जस्तो लाग्छ मलाई। हामी धेरै जनाको सपना जीवनमा सुख पाउने र सफल हुने नै हुन्छ। तर, कसरि जीवन सुखी हुन्छ र सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा भने ख्याल भने राख्दैनौ। जसले गर्दा सपनाहरु अधुरो रहन्छन। जे होस् यो सपना भन्ने कुरा उमेर, वाताबरण र संगतमा भर पर्ने कुरा रहेछ। सानो छँदा मिठो खाने र राम्रो लाउने सपना थियो मेरो सायद धेरै मेरो साथीहरुको पनि किनकी हाम्रो समाजमा छोरीलाई पढाएर ठुलो मान्छे बन्ने भन्दा पनि छोरीको कर्म अर्काको घरमा भनेर जन्मना नपाउदै देखि विभेद शुरु हुन्छ।

त्यहि संस्कारमा हुर्किन्छ भने उसले देख्ने सपना अवस्य त्यहि हुन्छ। किनकी उसको बाल मनस्थितिमा नै छोरी भने कै भाग्य खाने जात भनेर सिकाएको हुन्छ। त्यसैले मेरो सपना पनि बाल्य अवस्थाको मिठो खाने र राम्रो लाउने सपना उमेरसँगै बढ्दै गैर किशोरी अवस्थामा एउटा असल श्रीमानसँग बैबाहिक जीवनमा कस्नु थियो। त्यसपछि आमा बन्ने सपना पनि पुरा भयो। साच्चै भगवानले मेरो प्रार्थना सुने जस्तै गरि मेरो सबै सपनाहरु पुरा गरि दिए जस्तो लाग्छ। मेरो व्यक्तिगत जीवनमा।

एउटी असल छोरी, श्रीमती र आमा हुने मेरो सपना पुरा भएको छ। अब एउटी असल मान्छे बन्ने मेरो सपना छ। छोरी र छोरामा विभेद होईन समान अवशर र अधिकार पाउनु पर्छ। त्यस्तै नारी र पुरुषको बिचमा भएको सामाजिक विभेदलाई अन्त गरि बाराबरी अवशर र अधिकार हुनुपर्छ। मैले जुन सपना देखे मेरो छोरीले देख्ने सपना फरक होस्। अर्काको भाग्य खाने सपना होईन आफ्नो कर्म खाने सपना देख्न सक्ने होस्। यहिँ मेरो सपना छ।

एनडब्लुजीएनमा लागेर दिदीबहिनीहरुसँग मिलेर आफुमा भएको क्षमतालाई यस समाजमा बाड्ने मेरो सपना छ। आफु सहित सम्पूर्ण नारीलाई आफ्नो कर्तब्य र अधिकारमा सचेत गराउन सकु दुख सुखमा एक अर्कालाई मदत गर्न सकु भन्ने मेरो सपना छ। आशा छ मेरो यस सपनामा भगवानले पनि साथ दिनेछ भनेर।

प्रतिक्रिया