मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:२१
वासिङटन डिसी 13:36

एघार महिनामा झन्डै ६० वटा महिला हिंसाका घटना

इनेप्लिज २०७२ जेठ २२ गते ४:३३ मा प्रकाशित

group-raped-of-19-years-teenagerभीमदत्तनगर, २२ जेठ । चालु आवको ११ महिनाको अवधिमा बैतडीमा झन्डै पाँच दर्जन महिला हिंसासम्बन्धी घटना घटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महिला हिंसासम्बन्धी विभिन्न प्रकृतिका ५७ वटा घटना प्रहरीमा दर्ता भएकामध्ये ४८ वटा घटना प्रहरीमै मिलापत्र भएको र नौवटा मुद्दा अदालती प्रक्रियामा अगाडि बढेको छ ।

महिला हिंसासम्बन्धी घटना बढ्नुको पछाडि सामाजिक संस्कार, गरिवी, अशिक्षा, जनचेतना अभावलगायतका कारण रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया