मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:२०
वासिङटन डिसी 18:35

चट्याङबाट मृत्यु

इनेप्लिज २०७२ जेठ २१ गते १२:२१ मा प्रकाशित

thunderstromeकलैया, २१ जेठ । बारा जिल्लाको उत्तर पर्ने झिटकैहिया गाविस–२ मा आज बिहान वर्षासँगै परेको चट्याङबाट एक बालकको मृत्यु हुनाका साथै दुई बालक गम्भीर घाइते भएका छन् ।

सोही ठाउँ बस्ने अमेरिका ठाकुरका १४ वर्षीय छोरा सन्देश साथीहरुसँग घर नजिकै आँप बगैँचामा आँप टिप्न गएको अवस्थामा चट्याङ परेको थियो । घाइते १६ वर्षीय विकास यादव र १३ वर्षीय पवन साहको वीरगन्ज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया