ट्रान्सफर्मर मर्मत नहुँदा डेढ महिनादेखि ५० भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य
तौलिहवा (कपिलवस्तु), २१ जेठ । कपिलवस्तुको बलरमवापुर गाविस–३ स्थित प्रभातनगर र विजयनगरका स्थानीय बासिन्दा डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य छन् ।
नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले बिग्रिएको ट्रान्सफर्मर बनाउनमा चासो नदेखाएकाले आफूहरु गर्मीको समयमा निकै समस्यामा परेको पूर्व वडा अध्यक्ष जितइभरले बताउनुभयो ।
पीडितले बारम्बार बिग्रिएको ट्रान्सफर्मर बनाउन ध्यानाकर्षण गराउँदासमेत कुनै पक्षले सुनुवाइ नभएको गुनासो उहाँको छ ।
गर्मीको समयमा बिजुली नहुँदा ५० बढी घर परिवार अहिले मट्टितेलको साहरामा बस्न बाध्य छन् । मोबाइल चार्ज गर्न, पङ्खा चलाउन, बत्ती बाल्न नपाउँदा आफूहरु धेरै समस्यामा परेको स्थानीयवासी बताउँछन् ।
बलरमवापुरका पूर्व गाविस अध्यक्ष जगदीशप्रसाद तिवारीले ट्रान्सफर्मर मर्मतका लागि आफूले पहल गर्दा प्राधिकरणले चाँडै बनाउने आश्वास दिएको बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया