पूर्वाञ्चलमा एन्टिस्नेक भेनम पर्याप्त मात्रामा
विराटनगर, २१ जेठ । विषालु सर्पको डसाइपछि आवश्यक उपचारमा प्रयोग गरिने प्रतिरोधात्मक औषधि (एन्टिस्नेक भेनम) पूर्वाञ्चलमा पर्याप्त मात्रा मौज्दात रहेको छ ।
पूर्वाञ्चलको खासगरी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित अस्पताल र सर्पदंश केन्द्रमा मागबमोजिम पठाइ सकिएको र हाल एक हजार २०० थान भायल मौज्दात रहेको विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरले जनाएको छ ।
गर्मी र वर्षाको आगमनसँगै तराईका जिल्लामा विषालु सर्पको बिगबिगी बढ्ने गरेको र मानिसलाई सर्पले डसेपछि अनाहक मृत्यु हुने गर्दछन् ।
यस स्टोरबाट मङ्गलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५०० भायल पठाइएको स्टोरका प्रमुख भरत साहले जानकारी गराउनुभयो ।
त्यस्तै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा २१० भायल, लहान अस्पतालमा १०० भायल, चारआली सर्पदंश केन्द्रमा २०० भायल र दमकस्थित रेडक्रसमा २०० भायल पठाइएको छ ।
सोहीअनुरुप इटहरी, राजविराज, इनरुवा र सिरहा अस्पतालमा पनि पठाएको स्टोरले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया