बाटो मिचेर बनाएका घर भत्काइए
इनेप्लिज
२०७२ जेठ २१ गते १:२० मा प्रकाशित
पथरी (मोरङ), २१ जेठ । आमबारी–गौरीगञ्ज सडकको छेउमा ऐलानी जग्गा भन्दै बसोबास गरिरहेका झुर्किया–७ का १९ घरमा प्रहरीले डोजर लगाएर हटाएको छ ।
उक्त जमिन सडकमा परेपछि अदालतको निर्णयअनुसार बल प्रयोग गरेर उनीहरुलाई हटाएको हो । द्वन्द्वकालदेखि बस्दै आएका नौ परिवारलाई अदालतको निर्णयपछि हटाएको स्थानीय नारायणप्रसाद ताजपुरियाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रङ्गेली, सिजुवा तथा सौठाका प्रहरी र स्काभेटरको सहयोगमा बस्ती हटाएको हो ।
नारायणप्रसाद ताजपुरिया, रजनीदेवी ताजपुरिया, प्रकाशकुमार साह तथा खेमनाथ कोइरालले सो बाटो नम्बरीमा परेको भन्दै ०६८ सालमा अदालतमा मुद्दा हाल्नुभएको र सो मुद्दाको निर्णय ०७१ माघमा भएको थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया