सर्पको डसाइबाट बालिकाको मृत्यु
इनेप्लिज
२०७२ जेठ २० गते १३:४७ मा प्रकाशित
सप्तरी, २० जेठ । सर्पको डसाइबाट आज सप्तरीमा एक बालिकाको मृत्यु भएको छ ।
तरही गाविस–३ निवासी चलितर मुख्याको १४ वर्षीया छोरी आरतीकुमारीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
एक महिनाको अवधिमा सप्तरीमा तीन दर्जनभन्दा बढी सर्पदंशको बिरामी उपचारार्थ भर्ना भएको राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । सो अस्पतालमा दैनिक दुई÷तीन जना सर्पदंशको बिरामी आउने गरेका छन् ।
सर्पदंशको बिरामीका लागि प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ औषधिको कुनै कमी नभएको अस्पतालले जनाएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या
प्रतिक्रिया