बसको ठक्करले युवकको मृत्यु
इनेप्लिज
२०७२ जेठ २० गते ५:३४ मा प्रकाशित
भीमदत्तनगर, २० जेठ । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसको ठक्करले कञ्चनपुरको भीमदत्तनगरस्थित ट्राफिक चोकमा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको ट्राफिक चोकमा काठमाडौँ जाँदै गरेको ना५ख १००२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म१प ७९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टीकाराम डगौंराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मङ्गलबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका डगौंरा कोष तथा लेखा नियन्त्रक कार्यालय भीमदत्तनगरमा कार्यरत थिए । कार्यालयका अनुसार उनी राति कार्यालय समय परेकाले घरबाट कार्यालय आउँदै थिए । बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया