प्राविधिक टोली दुर्घटनास्थलतर्फ

इनेप्लिज २०७२ जेठ १९ गते १६:२६ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । नेपाल नागरिक उडड्यन प्राधिकरणले मउन्टेन एयरको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविन गर्न प्राविधिकको टोली सिन्धुपाल्चोकको यमुनाडाँडा–८ बलेफी पठाएको छ ।

आज अपारह्न उक्त हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ प्रारम्भिक छानबिनका लागि प्राविधिकसहितको टोली घटनास्थलतर्फ खटाइएको प्राधिकरणले जनाएको छ ।

त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्र पुगेर दुर्घटनाबारे जानकारी लिनुका साथै उद्धारमा तत्काल लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

उक्त हेलिकप्टर आज अपराह्न ३ः४५ बजे दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित चारजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया