छुरा प्रहारबाट युवती गम्भीर घाइते

इनेप्लिज २०७२ जेठ १९ गते ४:५२ मा प्रकाशित

downloadपर्सा, १९ जेठ । पर्साको लालपर्साबाट गएराति युवतीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–२४ निवासी २० वर्षीय रोमा कुमारीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीयवासी २५ वर्षीय रामप्रसाद साहलाई पक्राउ गरेको हो । राती ८ः३० बजे घरबाट बाहिर निस्किएकी रोमाको पेटमा साहले छुरा प्रहार गरी घाइते बनाई फरार भएपछि उनलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी रोमालाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको प्रवक्ता ओलीले बताउनुभयो । घाइते रोमाको आन्तरिक रक्तस्राव भएको कारण थप उपचारका लागि राति नै वीरगन्जकै नेसनल मेडिकल शिक्षण अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । पक्राउ परेका साहमाथि जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया