भत्केका विद्यालयलाई हाउजिङ कम्पनीको सहयोग

इनेप्लिज २०७२ जेठ १९ गते १:५५ मा प्रकाशित

फलेवास (पर्वत), १९ फागुन । भवन भत्केर पठनपाठनमा समस्या भएका पर्वतका विद्यालयका लागि भेरासोल हाउजिङ कम्पनी प्रालिले सहयोग गरेको छ ।

भवन भत्केका जिल्लाको देउपुर गाविसको जननेत्र उच्च मावि र तिलाहार गाविसको तुलोदय माविलाई कम्पनीले नगद र जस्तापाता सहयोग गरेको हो । कम्पनीले जननेत्र उच्चमाविमा ६ बन्डल जस्तापात र तुलोदय माविका लागि रु ४० हजार प्रदान गरेको हो ।
कम्पनीका अध्यक्ष स्पेन नागरिक राफल भिनान्स पिंच र नेपाली सञ्चालक पुष्प तिमिल्सिनाले सोमबार विद्यालयमा पुगेर सहयोग रकम नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेशप्रसाद तिमिल्सिनामार्फत प्रदान गर्नुभएको हो ।

सहयोग ग्रहण गर्दै एमाले पोलिटब्यूरो सदस्य तिमिल्सिनाले विद्यालयजस्तो संवेदनशील क्षेत्रको पुनः निर्माण कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । “शिक्षा बिना मानिस अचेतनशील बन्छ”, तिमिल्सिनाले भन्नुभयो, “ध्वस्त विद्यालयको पुनः निर्माण पहिलो आवश्यकता हो ।”

प्रतिक्रिया