द्वन्द्वका बेला बन्द बाटो पुनः निर्माण

इनेप्लिज २०७२ जेठ १९ गते १:०१ मा प्रकाशित

Baglung_district_locationबलेवा (बागलुङ), १९ जेठ । द्वन्द्वको समयमा सुरक्षाको कारण बन्द भएको जिल्लाको सूर्यदल गर्ण तथा सेराडिल ब्यारेक आसपासको बाटो पुनः निर्माण सुरु गरिएको छ ।

नजिकै सैनिक ब्यारेक भएको कारण द्वन्द्वकालमा तारबार लगाइएको कारण बन्द दुई किलोमिटर लामो गोरेटो बाटो पुनः निर्माण सुरु गरिएको हो । सेराडिलदेखि निरयघाटसम्मकोे उक्त बाटोका पुनः निर्माणमा नेपाली सेना, मुक्तिशान्ति टोल विकास समिति, सूर्यदल गण, सेभ द युथ र स्थानीयवासीको सहकार्यमा अहिले बाटोमा सिँढी चिन्ने, झाडी पन्छाउने तथा खन्ने काम भइरहेको छ । बाटो बनेपछि श्रीनगर टोलको सेराडिलदेखि निर्यघाटसम्म आवतजावत गर्न सहज हुने मुक्तिशान्ति टोल विकास समितिका अध्यक्ष भरत पुरीले जानकारी दिनुभयो ।

यसअघि पनि बागलुङ नगरपालिकाको ४५ हजार सहयोगमा सिँढी चिन्ने काम भएको भए पनि बजेट अभावमा बाँकी रहेको थियो । बाँकी खण्डको निर्माणमा जुटेको बाटो निर्माण समितिका अध्यक्ष मनिष रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया