भूकम्पपीडित महिलाद्वारा आत्महत्या, चट्याङबाट एकको मृत्यु

इनेप्लिज २०७२ जेठ १८ गते ११:११ मा प्रकाशित

susideरत्ननगर (चितवन) १८ जेठ । पूर्वी चितवनको जुटपानीस्थित भूकम्पपीडित एक महिलाले आत्महत्या गरेकी छिन् । जुटपानी १, गुराउचौरकी भूकम्पपीडित ६५वर्षीय मङ्गलीमाया कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

गत वैशाख २९ गतेको भूकम्पले घर भत्किएपछि बास बस्ने ठाउँ नहुँदा उनी चिन्तित थिइन् । हावाहुरीले दाताले दिएको त्रिपाल समेत उडाएपछि कुमाल थप पीडामा परेकी र सोही कारणले आत्महत्या गरेको हुनसक्ने आशङ्का स्थानीयले गरेका छन् ।

यसैबीच, जिल्लाको अति विकट गाविस लोथर–२ तिरुवामा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ । गएराति हावाहुरी र वर्षासहित आएको चट्याङ लागेर स्थानीय जगन्नाथ प्रजाकी श्रीमती करिब ५० वर्षीया नानामायाँ प्रजाको ज्यान गएको हो । उक्त घटनामा अन्य आठ जना घाइते भएको नानीमायाँका भतिजा शेखर प्रजाले बताउनुभयो ।

प्रतिक्रिया