एघार फिट लामो अजिङ्गर फेला
इनेप्लिज
२०७२ जेठ १८ गते ११:०५ मा प्रकाशित
काँकडभिट्टा (झापा), १८ जेठ । झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ ।
यसअघि २०७१ साल कात्तिकमा पनि महेशपुर–१ मा १७ फिट लामो अजिङ्गर फेला परेको र वन कार्यालयमा नै बुझाएको प्रहरीले जनाएको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया