बालिकालाई भारत लैजाँदै गरेकी महिला पक्राउ
गौशाला, १८ जेठ । बालिकालाई बेच्न भारत लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले महोत्तरीका एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बनौटा गाविस–१ का सियाशरण महराकी श्रीमती पिङ्कीदेवी महरा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलाले जनकपुर उपमहानगरपालिका–१६ पुल चोकमा डेरा गरी बस्ने १० वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लैजाँदै गर्दा महोत्तरीको सीमासँग जोडिएको भारतीय सहर भिट्ठामोडमा उनलाई विहार प्रहरीले आइतबार पक्राउ गरेको हो ।
नेपाली सीमास्थित सीमा प्रहरी कार्यालय भिट्ठामोडका इन्चार्ज प्रहरीनायब निरीक्षक सुरेन्द्र सिंहका अनुसार महिला भारतीय प्रहरीको नियन्त्रणमा रहेकी छिन् । बालिकालाई आफन्तको जिम्मामा लगाइएको छ ।
बालिकालाई ललाइफकाई भारतमा बेच्न लगिरहेको हुन सक्ने आशङ्का गर्दै प्रहरीनायब निरीक्षक सिंहले महिलाले फरक फरक वयान दिइरहेको तर ती सबै शङ्कास्पद रहेकाले अनुसन्धान भइरहेको बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया