चितुवाको छाला र हड्डीसहित युवक पक्राउ

इनेप्लिज २०७२ जेठ १८ गते ३:०९ मा प्रकाशित

pakraauभीमदत्तनगर, १८ जेठ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले बैतडीमा चितुवाको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार अनुसन्धान टोलीका महाकाली प्रहरीले बैतडीको सिगास–४ का दानसिंह धामीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिद्धपुर–४ पल्लो हतासमा सात फिट नौ इन्च लम्बाइ र चार फिट ११ इन्च चौडाइ भएको एक थान छाला र चार किलो ८०० ग्राम चितुवाको हड्डीसहित धामीलाई पक्राउ गरिएको हो । पक्राउ गरिएको छाला र हड्डीसहित थप कारबाहीका लागि अभियुक्तलाई जिल्ला वन कार्यालयलाई बुझाइएको छ । अभियुक्त धामीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया