भूकम्प पिडित कुमालले आत्महत्या गरिन्
रत्ननगर १७ जेठ
पूर्वी चितवनको जुटपानी १, गुराउचौर की ६५ वर्षीय मंगली माया कुमालले आज झुण्डिएर आत्महत्या गरेकी छन् । गत बैसाख २९ गते आएको भूकम्पबाट आफ्नै घर भत्किई घाईते भएकी कुमाल चितवन मेडिकल कलेजबाट निशुल्क उपचार पछि १ हप्तामा घर फर्केकी थिइन् । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको घर पूर्ण रुपमा क्षति भएको थियो । छोराबुहारीसँग छुट्टाभिन्ना भई बस्दै आएकामा भूकम्पले घर भत्किएपछि श्रीमान् राम बहादुर कुमाल र मंगली माया जुटपानी ४, क्लबचोकमा छोरीको घरमा बस्दै आएका थिए । अस्पतालबाट फर्केपछि नेपाल रेडक्रस सोसाइटी भरतपुरबाट प्राप्त त्रिपाल, कपडा र भाडावर्तन नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलले सहयोग गरेको थियो । सहयोग गर्ने क्रममा मंगलीमायाले छोरी उकालोमानो खानु हुँदैन, बुहारीहरुले पालेनन् कसैले घर बनाइदिए बस्ने थिए भनेकी थिइन्, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखा खोलेसिमलका सभापति गणेश शर्मा पौडेलले भन्नुभयो । मंगली मायाको सो भनाईले जुटपानी रेडक्रसले १ बोरा चामल समेत भोलीपल्ट सहयोग पु¥याएर फर्किएको थियो । आफ्नो घर भत्किएको र बनाईदिने कोहि नभएकोले उनले आत्महत्या गरेको हुन सक्ने पौडेलले बताउनुभयो । छोरीको घरको तलामा आज मध्यान्ह मंगली माया झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो । उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको कार्कीले जानकारी दिनुभयो । उनले के कारणले आत्महत्या गरेको हो सो भने अनुसन्धानबाट मात्र थाहा हुने उहाँले बताउनुभयो ।
फाइल फोटोः
सहयोग दिदैँ जुटपानी रेडक्रस सभापति गणेश शर्मा पौडेल, सहयोग लिदैँ मृतक मंगली मायाको छोरी र बीचमा सहयोग लिने क्रममा उठ्न समेत नसकेकी मंगली माया
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया