भूकम्पमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ६९२ पुग्यो

इनेप्लिज २०७२ जेठ १६ गते १५:५५ मा प्रकाशित

bhukampa-300x187काठमाडौँ, १६ जेठ । गत वैशाखको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या आठ हजार ६९२ पुगेको छ ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार ७२९, पूर्व क्षेत्रमा ५७, मध्यक्षेत्रमा छ हजार ४५३, पश्चिम क्षेत्रमा ४५१ र मध्यपश्चिम क्षेत्रमा दुई जना रहेको नेपाल प्रहरीले जनाएको छ । मृतकमध्ये आठ हजार ६६४ जनाको शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

भूकम्पमा २२ हजार ४९१ जना घाइते भएको र तीमध्ये चार हजार ६५५ जना विभिन्न अस्पतालमा हालसम्म उपचार गर्दैछन् ।

भूकम्पमा परी हालसम्म नेपाली नागरिक १९५ र विदेशी नागरिक ८० जना बेपत्ता भएका छन् ।

भूकम्पबाट पूर्ण तथा आंशिक गरी चार लाख ६९ हजार ५३९ भौतिक संरचनाहरु क्षति भएको प्रहरीले जनाएको छ ।

उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्यक्षेत्रमा दुई लाख ८६२, पश्चिम क्षेत्रमा एक लाख ४५ हजार ३२६, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ भौतिक संरचना क्षति भएकोे छ ।

प्रतिक्रिया