तरुण दस्ताको अगुवाइमा १६ टहरा निर्माण

इनेप्लिज २०७२ जेठ १६ गते १५:५१ मा प्रकाशित

Rss_Images_1432982711184_scb-ktm Shram sibirललितपुर, १६ जेठ । तरुण भूकम्पपीडित सहयोग तथा पुनःस्थापनाको अगुवाइमा १६ वटा अस्थायी बासस्थानको निर्माण गरिएको छ ।

गोदावरी नगरपालिकाभित्र पर्ने बडिखेल, गोदावरी, विशङ्खुनारायण, गोदामचौर र ठैवमा २५ वटा अस्थायी टहरा निर्माण गरिने नगर क्षेत्रका तरुण दल युवा समन्वय समितिका संयोजक वशिष्ठ अधिकारीले बताउनुभयो । उक्त समितिमा ७० जना तरुण युवाको सहभागिता रहेका छन् ।

यसरी निर्माण गरिएका टहरामा अपाङ्गता, विपन्न वर्ग तथा एकल महिलाका परिवारका लागि भएको संयोजक अधिकारीले उल्लेख गर्नुभयो ।

हालसम्म निर्माण गरिएका टहरामा १६ परिवारले बसोवास भइसकेको उहाँले बताउनुभयो ।

तरुण कार्यदलका संयोजक मङ्गल तामाङले प्रत्येक टहरामा दुईवटा कोठा भएको बताउनुभयो । उक्त टहरा निर्माणमा स्थानीय तहमा पाइने बाँस तथा काठको अधिक प्रयोग गरिएको उहाँले उल्लेख गर्नुभयो ।

हालसम्म बडिखेलमा पाँच, गोदावरीमा छ, ठैवमा एक, गोदामचौरमा दुई र विशङ्खुनारायणमा दुईवटा गरी १६ वटा टहराको निर्माण भइसकेको संयोजक तामाङले बताउनुभयो ।

प्रतिक्रिया