आज पाँचवटा पराकम्पन महसुस
काठमाडौँ, १५ जेठ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि पराकम्पन जाने क्रम जारी छ । आज मात्रै पाँचवटा भूकम्पको पराकम्पन गएको छ ।
पछिल्लो पटक दिउँसो ३ बजेर ४४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५.२ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसैगरी १२ बजेर ३० मिनेट जाँदा गोरखा/धादिङ केन्द्र भएर ४.८ रिक्टर स्केल, बिहान ८ बजेर ३० मिनेट जादाँ गोरखा केन्द्रबिन्दु भएर ४.० रिक्टर स्केल, बिहानै ५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केल र बिहान १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको हो ।
‘गोरखा भूकम्प’देखि हालसम्म चार रिक्टर स्केल माथिका २९० पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले ठूलो भूकम्पपछि स–साना पराकम्पन जानु स्वभाविक भएकाले नआत्तिन तर सचेत रहनु आग्रह गर्नुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया