सहकार्यमा भत्किएका संरचना निमार्ण गरौँ: अर्थमन्त्री
नुवाकोट, १५ जेठ । अर्थमन्त्री डा रामशरण महतले सरकार र जनताको सहकार्यमा भत्किएका भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिँदै दुःखमा जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
आज नुवाकोटको भद्रुटार, पञ्चकन्या, बेतिनी, थपे्रकलगायत गाविसमा क्षतिको अवलोकन गरेपछि उहाँले राज्यलाई सघाउन आग्रह गर्नुभयो ।
अर्थमन्त्रीले विद्यालय निर्माणका लागि सरकारले तत्काल सहयोग गर्ने बताउँदै प्रत्येक विद्यालयलाई रु २५ हजारका दरले राहत रकम उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्री जिल्लामा आएन नभन्नुस्, भूकम्प प्रभावित सबै स्थानमा मन्त्रिपरिषद्का सदस्यहरु पुग्नुपर्छ ।”
उहाँले राहतका लागि एकै घर दुई÷तीन धुरी गरेर नबस्न आग्रह गर्दै पार्टीगत स्वार्थभन्दा माथि उठेर इमानदारीपूर्वक उपलब्ध राहत सामग्री वितरण गर्न आग्रह गर्नुभयो । नेपाली काँग्रेस नुवाकोटका सचिव रमेशकुमार महतले भूकम्पबाट क्षति पुगेका स्थानमा न्यायोचित ढङ्गले राहत सामग्री वितरण भइरहेको बताउनुभयो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया