एमाले र एमाओवादी शिर्ष नेताबीच भेटवार्ता

इनेप्लिज २०७२ जेठ १५ गते १५:४० मा प्रकाशित

kp-prachandaभक्तपुर, १५ जेठ । नेकपा (एमाले) र एकीकृत (माओवादी)का शीर्ष नेताबीच आज अपरान्ह बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भेटवार्ता भएको छ ।

एमालेका तर्फबाट अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्यादेवी भण्डारी र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईबीच भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।

अपरान्ह ४ः३० बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

दुइ दलका नेताबीच भूकम्प पीडितलाई वितरण गरिएको राहत, पुनःनिर्माण र व्यवस्थापनलाई चुस्त बनाउने तथा समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया