‘राष्ट्रिय सहमतिको सरकार गठनमा प्रधानमन्त्री कोइराला सकारात्मक’

इनेप्लिज २०७२ जेठ १५ गते १५:३८ मा प्रकाशित

Bhim Rawalत्रिशूली (नुवाकोट), १५ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राष्ट्रिय सहमतिको सरकार गठनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला सकारात्मक रहेको बताउनुभएको छ ।

आज विदुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले प्रमुख प्रतिपक्ष र सरकारमा सहभागी दलहरु समेत राष्ट्रिय सहमतिको सरकार गठनको मनस्थितिमा रहेका र त्यसमा प्रधानमन्त्री कोइरालाले पनि असहमति नजनाएको स्पष्ट गर्नुभयो ।

उपाध्यक्ष रावलले राष्ट्रिय सहमतिको सरकार गठनको प्रसङ्ग उठे पनि त्यसको नेतृत्व कस्ले गर्ने भन्ने टुङ्गो नलागेको बताउनुभयो । भूकम्पले निम्त्याएको विपत्तिको सामना गर्दै संविधान निर्माणलाई गति दिन पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया