बाढीले १० लाख बराबरको भौतिक क्षति

इनेप्लिज २०७२ जेठ १५ गते ४:३२ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १५ जेठ । म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वत बेनीको गुफाटोलमा पसेको बाढीका कारण रु १० लाख बराबरको भौतिक क्षति भएको छ ।

गत आइतबार म्याग्दीको राम्चे–९ काफलडाँडाको पहिरोले भगवती–२ बैंसरीमा कालीगण्डकी थुनिएपछि नदी एक्कासी खोलिएर पानीको सतह बढेर आउँदा भौतिक सम्पतिमा क्षति पु¥याएको हो ।

बाढीले कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको पर्वत बेनीको गुफ्फा टोलस्थित १३ घर परिवारमध्ये केहीको घर, घरायसी सामान, कुखुराको फार्म र शौचालयमा क्षति पु¥याएको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घ उपशाखा मल्लाज बजार व्यवस्थापन समिति पर्वत बेनी, कालीगण्डकी आमा समूह, राजनीतिक दल, प्रहरी र स्थानीयको संयुक्त अनुगमन टोलीले सो क्षेत्रमा अनुगमन गरी बाढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरेको छ ।

बस्तीमा पसेको बाढीले विष्णुकुमारी दर्जी, झुके दमाई, धनविर नेपाली, रामदल दमाई, गोमा थापा, सन्तोष जैसवाल, मनविर नेपाली, सिहबिर नेपाली, सुलमाया नेपाली, दिलबहादुर सार्की, मिठू नेपाली, सक्कलबहादुर नेपाली र गोपी दर्जीको घर, कुखुराको फार्ममा क्षति पु¥याएको पर्वत बेनी प्रहरीचौकीका प्रहरी नायब निरीक्षक घनश्याम ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया