स्याङ्जामा पशु बिमा गर्ने बढे

इनेप्लिज २०७२ जेठ १४ गते ४:३४ मा प्रकाशित

Cow-Farmपुतलीबजार, १४ स्याङ्जा । चण्डिकालिका सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्याङ्जाले ३२ वटा भैँसीको बिमा गरेको छ ।

नेपाल सरकारको ७५ प्रतिशत अनुदानमा कृषि विकास बैैंक स्याङ्जाबाट सञ्चालित बिमा कार्यक्रमअन्तर्गत चण्डिकालिकाले ३१ कृषकको भैँसीको बिमा गरेको हो ।

पुतलीबजार–४ ध्युखोला, पुतलीबजार–९ लामागे र पुतलीबजार–१२ राङ्खोलाका कृषकको भैँसीमा बिमा गरेको सो संस्थाका प्रबन्धक भूमिजङ्ग केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया