आज अपराह्न सवा एक बजे ४.५ रिक्टरको पराकम्पन
इनेप्लिज
२०७२ जेठ १३ गते १४:४७ मा प्रकाशित
काठमाडौँ, १३ जेठ । आज अपराह्न १ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नजिक केन्द्रबिन्दु भएकाले काठमाडौँ उपत्यकामा भूकम्पको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
यसअघि मध्याह्न १२ बजेर ३ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको थियो ।
हालसम्म चार रिक्टर स्केलभन्दा माथिका २७३ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ । पछिल्लो समय भूकम्पको पराकम्पन घटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । भूकम्पको त्रासदीले खुलास्थानमा बसेका सर्वसाधारण आ–आफ्नो बासस्थानतर्फ फर्किसकेका छन् ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया